अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर

हरेक कुरामा महँगीको मार खेपिरहेका आम सर्वसाधारणको ढाड सेकिने गरी निर्माण सामग्री९सिमेन्ट र डण्डी०मा समेत मूल्य अस्वभाविक रुपमा बढेपछि सरकारी क्षेत्र र नीजि क्षेत्रका निर्माण व्यवसाय थप मारमा परेका छन् । ६ महिना अघिसम्म प्रतिबोरा ५०० रुपैयाँसम्म रहेको सिमेन्टको भाउ उद्योगीले पटक पटक बढाउँदै ८५० रुपैया पुर्याएका छन् भने प्रति किलो ८७ रुपैयाँ रहेको डण्डीको भाउन १०५ रुपैयाँसम्म पुर्याएका छन् । यसले सरकारी र नीजि निर्माण प्रभावित भएका छन् । सिमेन्ट र डण्डीमा मात्र नभएर हरेक कुरामा मूल्यवृद्धि भएको छ । जुन असह्य भएको छ । सरकारले अध्यादेश मार्फत २० प्रतिशतभन्दा बढी मुनाफ लिनेलाई कालो बजारी ऐन अन्तरगत कारवाही गर्ने प्रावधान हटाएपछि उद्योगी व्यापारी हौसिएका छन् । उपभोक्ताको मर्मलाई वास्तै नगरी मूल्य बढाएर व्यापारीकै पक्षमा सरकार लागेपछि सरकार आर्थिक प्रलोभनमा पर्न थालेको हो कि भन्ने शंका सर्वत्र हुन थालेको छ । उद्योगमन्त्री दामोदर भण्डारीलाई भेटेपछि मूल्य बढाएका उद्योगी व्यवसायीहरुले अझै डण्डी र सिमेन्टमा मूल्य बढाउने निश्चित जस्तै छ । यो घटनाले मन्त्री आर्थिक प्रलोभनमा परेको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ ।
अहिले न त अन्तर्राष्ट्रिय बजारमा फलामजन्य सामग्रीको ९कच्चा पदार्थको० मूल्य बढेको छ, न त तेलको भाउनै । यस्तो अवस्थामा किन मूल्य बढाइयो त रु शंका गर्न बाध्य हुनुपर्ने कारण यही छ । यस्तै चाला हो भने नेपालमा सामान्य हिसाबले पेशा व्यवसाय गर्ने वातावरण नै हराएर जाने पक्का छ । पछिल्लो समय जसरी मूल्यवृद्धि गरिउको छ यसलाई हेर्ने हो भने नेपालमा अब कार्टेलिङ गर्ने, कालोबजारी गर्नेहरु मात्र टिक्ने अवस्था आउछ । सरकारले यस्तालाई संरक्षण किन गरिरहेको छ रु रहस्यको विषय यही भएको छ । उपभोक्तामाथि सरकारले महँगी बढाएर गम्भीर अपराध गरिरहेको भुक्तभोगीहरुले नै बताइरहेका छन् । उनीहरु भन्छन् ‘यसरी अस्वभाविक रुपमा मूल्य बढेको नेपालमा मात्रै हो । अन्य कुनै मुलुकमा पनि मूल्य बढाएर उपभोक्ता माथि गम्भीर अपराध गरिदैन । नेपाल संसारमै यस्तो देश हो जहाँ वस्तुको बढी आवश्यक पर्दछ त्यति मौका छोपेर अस्वभाविक रुपमा मूल्य बढाइन्छ ।’
नेपालमा प्राय वस्तुको कृत्रिम अभाव गराएर मूल्यवृद्धि गर्ने गरिन्छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले पनि कृत्रिम मूल्यवृद्धि गरिएको भेटिएको बताएका छन् । तर सरकार भने त्यस्तो उद्योगीलाई कारवाही गर्नुको सट्टा उल्टै हौसाईरहेको छ । यो कार्य सर्वसाधारणको लागि कदापी ठीक होइन ।

LEAVE A REPLY