काठमाडौं , चैत्र शुक्ल एकादशीको ब्रत लिने दिन हो ।कामदा एकादशीको व्रत गर्नाले मनोकामना पूरा हुने एकादशी माहत्म्यमा उल्लेख छ।
मंगलबार एकादशी तिथि ४४ घडी ३० पला अर्थात् राति ११ बजेर ३७ मिनेटसम्म रहेको पञ्चांगमा उल्लेख छ।
एकादशी तिथि भगवान् विष्णु वा नारायणसँग सम्बन्धित पर्व हो। यो दिन भगवान् विष्णुको पूजा आराधना गर्ने, माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ।
शुक्ल र कृष्ण पक्षमा गरी एकादशी महिनामा दुई पटक पर्छ। यो हिसाबले वर्षमा २४ वटा एकादशी हुन्छन्। विभिन्न पुराणमा एकादशीको उत्पत्ति, माहत्म्य र फलबारे बताइएको छ। एकादशी माहत्म्यमा पनि प्रत्येक यो दिन गर्ने र नगर्ने कामका विषयमा उल्लेख पाइन्छ।