गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री बालेनले नै देशवासीका नाममा सम्बोधन गर्नु पर्छः पूर्व राष्ट्रपति यादव

काठमाण्डौ,नेपालका प्रथम (पूर्व) राष्ट्रपति रामवरण यादवले आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा प्रधान मन्त्री बालेन्द्र शाह बालेनले नै देशवासीलाई सम्बोधन गर्नुपर्ने बताउनु भएको छ ।
आज राजधानीमा भव्यरुपमा आयोजीत नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने बताउनु भएको हो ।
उहाँले भन्नु भयो—‘म आशा गरिरहेको छु– राष्ट्रबारे के सोच बनाउनुभएको छ, राष्ट्रको दिशा कहाँ लैजानुहुन्छ भन्नेबारे हाम्रो देशको प्रधानमन्त्रीले गणतन्त्र दिवसमा टुँडिखेलको मञ्चबाट सम्बोधन गर्नुपर्छ,’ ।
प्रधानमन्त्री बालेनको दृष्टिकोण सुन्न नेपाली जनता आतुर रहेकोउहाँकोको भनाइ थियो । ‘उहाँको दृष्टिकोण सुन्नका लागि आज सम्पूर्ण जनता आतुर छन्,’ यादवले भन्नु भयो ।, ‘उहाँले आजसम्म देशलाई सम्बोधन गर्नुभएको छैन ।’
प्रथम राष्ट्रपति यादवले विभिन्न आन्दोलनबाट प्राप्त मुलुकले प्राप्त गरेका उपलब्धिका बारेमा प्रधानमन्त्रीको धारणा आफूले सुन्न चाहेको आशय पनि व्यक्त गर्नु भयो ।
‘हाम्रो संघर्षको उपलब्धि जुन छ, उहाँले के भन्नुहुन्छ यसबारेमा । देशको आर्थिक अवस्था कसरी अगाडि लैजाने, देशको सामाजिक अवस्थालाई कसरी लैजाने ?’ , ‘स्वास्थ्य, शिक्षा र कृषिमा के गर्ने, भौतिक पूर्वाधारलाई कसरी लग्ने, अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो हुने, त्यो मञ्चबाट गणतन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने हो ।’
प्रथम राष्ट्रपति यादवले पत्र–पत्रिकामा आफूले गणतन्त्र दिवसको अवसरमा आयोजना हुने समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्षता गर्ने समाचार पढेको प्रसङ्ग पनि सुनाउनु भयो ।
‘मैले हिजो कि अस्ति पेपरमा पढेँ कि राष्ट्रपतिले गणतन्त्र दिवसमा अध्यक्षता गर्ने । ठीक छ, राष्ट्रपतिले अध्यक्षता गर्न हुन्छ,’ ‘तर, संसदीय प्रणालीमा प्रधानमन्त्री नै कार्यकारी पद हो । प्रधानमन्त्रीले संसद्मा आउनुपर्छ, संसद्लाई सम्बोधन गर्नुपर्छ ।’उहाँले भन्नु भयो।

LEAVE A REPLY