उपत्यकामा आज कहाँ कहाँ पर्यो पानी ? पानीले राहत महसुस गराउने अपेक्षा

काठमाडौं , आज बुधबार दिउँसो काठमाडौंको साँखु, पेप्सीकोला लगायत क्षेत्रमा उल्लेख्य वर्षा भएको छ । यो वर्षाले उपत्यका वासीले केही राहत महसुस गर्न सकने अपेक्षा पनि गरिएको छ ।
केही दिन यता काठमाडौं विश्वकै सबैभन्दा बढी वायु प्रदूषित शहरको पहिलो नम्बरमा थियो।
जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली हुने, उच्च पहाडी तथा हिमाली भागका केही स्थान र अन्य भेगका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली हुने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छभने उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

LEAVE A REPLY