डा जेपी जैसवाल
सामान्यतया १२०÷८० रक्तचापलाई सामान्य मानिन्छ, तर १२० भन्दा बढी सिस्टोलिक र ८० भन्दा कम डायस्टोलिक रक्तचापलाई उच्च रक्तचाप भनिन्छ ।
स्टेज वान उच्च रक्तचापमा सिस्टोलिक १२०÷१३० र डायस्टोलिक ८०÷८५ हुन्छ, जसलाई खानपान र व्यायामले नियन्त्रण गर्न सकिन्छ ।
स्टेज टु उच्च रक्तचापमा सिस्टोलिक १३०÷१४० र डायस्टोलिक ८५÷९० हुन्छ, जसलाई तीन महिनासम्म जीवनशैली सुधारपछि पनि नियन्त्रण नभएमा औषधि आवश्यक पर्छ ।
सामान्यतया हाम्रो शरीरको रक्तचाप मापन गर्दा सिस्टोलिक १२० र डायस्टोलिक ८० हुनुपर्छ । यदी स्टिोलिक रक्तचाप १२० भन्दा माथि र डायस्टोलिक रक्तचाप ८० भन्दा कम हुनुलाई उच्च रक्तचाप भएको भनिन्छ ।
यदी सिस्टोलिक रक्तचाप १२० भन्दा देखि १३० सम्म छ र डायस्टोलिक रक्तचाप ८० देखि ८५ छ भने त्यसलाई स्टेज वान उच्च रक्तचाप भनिन्छ ।
यस्तै सिस्टोलिक रक्तचाप १३० देखि १४० सम्म र डायस्टोलिका रक्तचाप ८५ देखि ९० सम्म छ भने त्यसलाई स्टेज टु उच्च रक्तचाप भनिन्छ ।
यदि सिस्टोलिक रक्तचाप १४० भन्दा माथि र डायस्टोलिक रक्तचाप ९० भन्दा माथि भएकाहरुमा आँखा बिग्रने, मिर्गौला बिग्रने जोखिम रहन्छ ।
सिस्टोलिक रक्तचाप १२० सम्म राख्न सकियो भने पक्षघात, स्ट्रोक, आँखाको रेटिना बिग्रने, मिर्गौला बिग्रने जोखिम कम हुन्छ ।
यदी स्टेज वानको उच्च रक्तचापको समस्या छ भने स्वस्थकर खानपानले पनि उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ । उच्च रक्तचाप नियन्त्रणका लागि स्वास्थ्यकर खाना खाने, शारीरिक व्यायाम गर्ने र तनावमुक्त रहनुपर्छ ।
स्टेज वान उच्च रक्तचापमा औषधि सेवन गरिहाल्नु पर्दैन । खानपानमा ध्यान दिएर नियन्त्रणमा राख्न सकिन्छ । स्टेज २ उच्च रक्तचाप अर्थात सिस्टोलिक रक्तचाप १३० देखि १४० सम्म र डायस्टोलिका रक्तचाप ८५ देखि ९० सम्म छ भने तीन महिनासम्म खानपान र व्यायाममा ध्यान दिनुपर्छ । तीन महिनासम्म जीवनशैलीमा सुधार गर्दा पनि रक्तचाप कम भएन भने औषधि सेवन गर्नुपर्छ ।
उच्च रक्तचाप नियन्त्रणका लागि ध्यान दिनुपर्ने कुराहरु ः
–एकदिनमा ४ देखि ६ ग्रामभन्दा बढी नुन नखाने ।
–तरकारी, फलफूल, नष्ट एण्ड सिड्स खाने गर्नुपर्छ ।
– धेरै चिल्लो, तारेको भुँटेको खानेकुरा कम खाने ।
–बोसोयुक्त मासु कम गर्ने ।
–धुमपान गर्नुहुँदैन ।
– योगा वा मेडिटेसन गर्ने ।
– तनाव कम गर्ने ।
– श्वासप्रश्वासको व्यायाम गर्ने ।
– नियमित शारीरिक व्यायाम गर्ने ।
कति समय हिँड्ने ?
उच्च रक्तचापका बिरामीले पनि नियमित शारीरिक व्यायाम गर्नुपर्छ । एक सातामा
पुरुषले ५२० मिनेट र महिलाले २२० देखि २४० मिनेट हिड्ने वा शारीरिक व्यायाम गर्ने गनुपर्छ ।
नोटः (डा. जेपी जैसवाल नर्भिक अस्पतालमा सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट तथा फिजिसियनको रुपमा कार्यरत छन् )








