काठमाडौँ । पञ्चकन्या समूहले बहुप्रतिभाशाली कलाकार तथा फिटनेस आइकन कविता नेपालीलाई एभरेस्ट र लोत्से ,जुम्ल्याहा शिखर आरोहण गर्न आर्थिक सहयोग गरेको छ।
समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले कवितालाई नेपाली महिलाको सशक्तीकरणको प्रतीक बताउँदै उनको अभियानलाई समर्थन जनाए। उनले कविताको बुगी वुगी नृत्य प्रतियोगिता र मार्सल आर्टमा उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै यस अभियानलाई ऐतिहासिक बताए।