गलत कृयामलाव प्रति सचेत हुन आवश्यक ः शंकर पोखरेल

काठमाडौँ ,नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले लोकप्रियतावाद नाममा हाल भइरहेका गलत क्रियाकलापप्रति सचेत हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले लोकप्रियताको आवरणमा समाजलाई पछाडि धकेल्ने उद्देश्य रहेकाले यस्ता क्रियाकलापबारे सचेत हुनुपर्ने धारणा राखे।
हाल राजावादीका नाममा गर्न खोजिएका गतिविधिलाई मुलुक अँध्यारोतिर लैजाने कोसिसका रूपमा चित्रण गर्दै महासचिव पोखरेलले ती कोसिस सफल हुन नसकेको बताए। उनले मुलुकलाई सामाजिक अराजकताबाट सामान्य अवस्थामा फर्काउन सहयोगका लागि सबैलाई आग्रह गरे।
नीतिगत रूपमा सरकारको स्थायित्वमा चुनौती रहेको भन्दै महासचिव पोखरेलले एउटा नीति र एउटा योजनामा लगातार काम गर्न पाउँदा मात्र मुलुकले छिटो प्रगति गर्ने बताए।

LEAVE A REPLY