काठमाडौँ । होटल व्यवसायि संघका अधयक्ष सुरेश बरालले होटल व्यवसायिहरुले राज्यबाट पाउनुपर्ने साथ र संरक्षण नपाएको भन्दै राज्यले हेय पूर्ण व्यवहार होटल व्यवसायिरुलाई गरेकोे गुनासो गरेका छन्। होटेल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालले नेपाल पत्रकार मञ्चको नव निर्वाचित कार्यसमिति सदस्यहरूसँगको भेटका क्रममा व्यवसायीहरूले भोगिरहेको वास्तविकता प्रस्तुत गर्दै राज्यको दृष्टिकोणप्रति गम्भीर प्रश्न उठाएका छन् ।
अध्यक्ष बरालले भने — देश–विदेशका पर्यटकको बाक्लो आगमन हुने क्षेत्रहरूमा रहेको होटेलहरूलाई सुरक्षाको प्रत्याभूति दिनु त परकै कुरा, प्रहरीले नै राति १० बज्नासाथ सिट्टी फुक्दै होटेल बन्द गराउने गरेको व्यवहार अत्यन्तै आपत्तिजनक छ। “होटेल व्यवसाय अपराध होइन, यो त पर्यटन विकासको मेरुदण्ड हो,” “तर व्यवहारमा हामी अपराधीजस्तै व्यवहार भोगिरहेका छौं।”
पत्रकारहरूसँगको संवादमा बरालले राज्यले होटेल व्यवसायप्रति देखाएको दृष्टिकोण नीतिगत रूपमा मात्र होइन, व्यवहारगत रूपमा पनि हेयपूर्ण देखिएको स्पष्ट पार्नुभयो।
त्यसैगरी गुनासो पोख्ने क्रममा संघका सचिव तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटेल रोयल पैलेसका सञ्चालक अनिष बानियाले पनि राज्यको दृष्टिकोणप्रति गम्भीर असन्तुष्टि जनाउँदै भन्नुभयो, “हामीले हरेक कानूनी प्रक्रिया पालना गर्छौं, कर तिर्छौं, तर रातको समयमा सञ्चालानमै रोक लाग्ने व्यवहारले हामी व्यवसायी होइन, दोषी ठहरिएको अनुभूति हुन्छ।”









