अब स्नातक तहमाथीका विद्यार्थीले नेपालमै हप्ताको २० घण्टा रोजगारी पाउने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२ । ०८३ को नीति तथा कार्यक्रम मार्फत स्नातक तहमाथिका विद्यार्थीहरूलाई नेपालमै पढाइसँगै हप्ताको २० घण्टा रोजगारीको अवसर दिने तयारी गरेको छ। यो कार्यक्रम लागू गर्न सके विद्यार्थीलाई स्नाकोत्तर तह र सो भन्दा माथील्लो स्तर सम्म अध्ययन गर्न राहत मिल्ने छ ।
आजको संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘कमाउँदै–पढ्दै’ नीति कार्यान्वयनमा ल्याइने जानकारी दिए। उक्त नीति अनुसार विद्यार्थीहरूले हप्तामा अधिकतम २० घण्टा काम गर्न पाउनेछन् । त्यसवापत न्यूनतम ज्यालाको व्यवस्था गरिनेछ।
युवाहरूलाई व्यावसायिक जीवनमा प्रारम्भिक अनुभव दिलाउनका लागि स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नको प्रयोग गर्ने पनि सरकारको योजना छ। सरकारको यो नीति शैक्षिक अभ्यास र आर्थिक आत्मनिर्भरताबीचको सन्तुलन कायम गर्न महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

LEAVE A REPLY