काठमाडौं । सांसद माया राई सहकारी ठगी प्रकरण र संगठित अपराधको कसुरमा आज पाँच दिनको म्याद थप भएको छ ।
काठमाडौं जिल्ला अदालतले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिए ।
नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उनी १३ वैशाखमा पक्राउ परेकी थिइन् ।
राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा गरेको आरोप छ । सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।









