जनमत र उन्मुक्ति एकता अकस्मात रोकियो

काठमाडौँ । यतिबेला चर्चामा रहेको जनमत र नागरिक उन्मुक्ति पार्टीको एकता अनिश्चित बनेको छ । रेशम चौधरी पक्राउ पछि अकस्मात ती दुई पार्टी एकता अनिश्चित बन्न पुगेको हो । सर्वोच्च अदालतका अधिकृत महिमामसिंह विष्टको फेक पत्रपछि पार्ट एकता घोषणास्थलबाटै पक्राउ परेका नागरिक उन्मुक्तिका संरक्षक चौधरी करिब पाँच घण्टापछि रिहा भएका थिए । उक्त घटनाको भित्रि कारण समिक्षा गरेर पुनः एकता घोषणा सभा आयोजना गर्ने जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानले जानकारी दिए ।
‘एकता गर्ने नै हो । सबै कुरा टुंगिसकेको छ । फेरि त्यस्तै घटना त हुने होइन भन्ने समिक्षा गरेर अगाडि बढ्छौं । त्यो समिक्षापछि एकताको मिति तय हुन्छ ।’ उनले भने ।
चौधरी पक्राउ परेपछि एकता घोषणा अन्तिम समयमा रोकिएको थियो । त्यसो त नेता चौधरीलाई अवैध रुपमा पक्राउने९पत्र लेख्ने सर्वोच्चका कर्मचारी विष्टलाई नै प्रहरीले अनुसन्धान गरिरहेको छ । नागरिक उन्मुक्तिका सांसद गंगाराम चौधरीले दुई पार्टी छलफलपछि एकता घोषणाको नयाँ मिति तय हुने बताए । ‘छलफल गरेर नयाँ मिति तोक्छौं ।’ उनले भने ।
प्रतिनिधि सभामा जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । यो एकतापछि नागरिक उन्मुक्ति पार्टी तराई मधेश क्षेत्रको सबैभन्दा ठूलो दलका रुपमा स्थापित हुनेछ

LEAVE A REPLY