लामेआहालमा माईक्रोबस दर्घटनामा पर्दा तीनको मृत्यु, आठ घाइते

काठमाडौं । धादिङबाट पोखरा जाँदै गरेको एक ईभी सवारीसाधन माईक्रोबस लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यू भएको छ भने आठ जना शक्त घाइते भएका छन्। तीव्र गति र मौसम खराबीका कारण गाडी अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।
ज्यान गुमाउनेमध्ये एक जनाको परिचय झाङमाया गुरुङ धादिङ घर, पोखरा बसोबासको रूपमा खुलेको छ। बाँकी दुईको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए।
दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था सामान्य रहेकाले अस्पतालबाट डिस्चार्ज भइसकेको छ। बाँकीको गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

LEAVE A REPLY