दमक ,झापा , नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दमक नगरपालिकाका पूर्व नगरप्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ ।
७२ वर्षीय बुढाथोकीको आज बिहान ९ः५५ बजे आफ्नै निवासमा निधन भएको हो
उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए । विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।









