आत्मानिर्भर अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन आवश्यकःमहासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई गु्रपका समेत अध्र्य रहनु भएकाचन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई बजेटको प्राथकितामा राख्न आग्रह गर्नु भएको छ
नेपाल निर्यात व्यवसायी महासंघ फिन को पाँचौँ वार्षिक साधारणसभा तेस्रो अधिवेशनका अवसरमा बोल्दै अध्यक्ष ढकालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन र निर्यात प्रर्वद्र्धन आवश्यक रहेको बताउनु भयो ।
उहाँले नेपाली उत्पादनहरू जस्तै हस्तकला, पश्मिना, गलैँचा, हर्बल उत्पादन, कृषिजन्य वस्तुको अन्तरराष्ट्रिय बजारमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै यी वस्तुको निर्यात प्रवद्र्धनमा सहयोग गर्ने गरि बजेटमा सम्बोधन हुनु पर्ने बताउनु भयो ।
यस्तै अध्यक्ष ढकालले वातावरणमा नकारात्मक असर नगर्ने गरि खनिजजन्य वस्तुको निर्यात खोल्नु पनि सुझाव दिनु भयो । “हामीले लामो समय देखि खनिजजन्य वस्तुको निर्यात खुलाउनु पर्छ भन्यौं । एकदुई पटकको बजेटमा त्यो विषय आयो पनि । तर कार्यान्वयन भएन् ।
वातावरणमा प्रतिकुल असर नपर्ने गरि हामीसंग भएको खनिजजन्य सामग्रीको निर्यात गर्न सके यसले छिमेकी मुलुकसंगको व्यापार घाटा कम गर्न सहयोग गर्छ । म सरकारलाई अहिलेको बजेटमा यो विषयलाई प्राथमिकताा राख्न आग्रह गर्दछु ” उहाँले भन्नुभयो ।
यस्तै उहाँले हरेक दुई वर्षमा उद्योगी व्यवसायीहरुलाई दिइने “सिआइपी” दिन ढिला भएको उल्लेख गर्दै सिआइपी डे घोषणा गरेर निश्चित समयमा दिने व्यवस्था मिलाउन पनि आग्रह गर्नु भयो ।
निर्यात प्रवद्र्धनका लागि फिनले छोटो सयमा गरेको प्रयासको प्रशंसा गर्दै अध्यक्ष ढकालले महासंघले फिनजस्ता वस्तुगत संघहरूसँग सधैं सहकार्य गनेृ धारणा राख्नुभयो ।

LEAVE A REPLY