रवीन्द्र मिश्र हाजीरी जमानीमा थुना मुक्त

झण्डै ५० दिन सम्म थुनीएका राप्रपा नेता रवीन्द्र सर्वाेच्चको आदेश पछि थुना मुक्त भएका छन् । मुक्त भए पछि मिश्रले आफूले राज्यविरुद्धको कुनै संगठित र अपराध नगरेको जिकिर गरेका छन्।
उनी राजनीतिक मान्छे भएको र राजसंस्था पुनर्स्थापनाका लागि काम गरेको बताउदै कुनै अपराधमा संलग्न नभएको स्पष्ट पारे।
मिश्रले शान्तिपूर्ण आन्दोलन र समझदारीको समर्थन गर्दै आफू हाजिर जमानतमा मात्र छुटेकाले खुशी नभएको बताएका छन्।
बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई हाजिर जमानतमा छाड्न आदेश दिएको थियो । यसपछि प्रहरी नियन्त्रणबाट मुक्त भएका मिश्रले अदालतको गेट बाहिर आएर भने, ‘म राजनीतिक मान्छे हुँ, मैले राजनीतिक रुपमा राजसंस्था पुनर्स्थापनाका लागि काम गरेको हो । तर, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मबाट भएको छैन ।’
उनले ४७ औं दिनसम्म पनि राज्यलाई अनुसन्धानमा सहयोग गर्छु भन्ने हिसाबले बन्दी प्रत्यक्षीकरणको निवेदन नदिएको समेत बताए । उनले १५ चैतमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि समेत व्यक्त गर्दै भने, ‘त्यो मैले सोचेको कुरा पनि होइन, म जस्तो मान्छेले योजना गरेको कुरा पनि होइन ।’
आफूले आन्दोलन ठूलो भएपछि कहिल्यै पनि आयोजकको, सरकारको नियन्त्रणमा हुँदैन भनेर सधैँ भन्ने गरेको भन्दै मिश्रले थपे, ‘चाहे त्यो २०४६ साल होस्, ०६२र६३ होस्, थारु आन्दोलन होस्, हरेक आन्दोलनमा जनधनको क्षति हुन्छ । त्यसै हुनाले मैले बारम्बार मेरा सामाजिक सञ्जालका टिप्पणीहरुमा शान्तिपूर्ण संक्रमणबाट नवीन समझदारीबाट नविन समझदारीमा जाउँ भनेर भनेको छु ।’

 

LEAVE A REPLY