काठमाडौं । गत शनिबार सांसदहरुको रुवावासी चलेको छ । सहकारी रकम हिनामिना गर्नेदेखि ठूला ठूला भ्रष्टाचारमा मुछिएका एमाले नेता÷कार्यकर्ताले उन्मुक्ति पाउने तर आफुहरुलाई भने हिरासत लम्ब्याएर मुद्दा चलाइरहने ? र यस्तो अन्याय हुँदै गर्दा कांग्रेस नेतृत्वले संरक्षण नगरेको भन्दै रुवावासी चलेको थियो । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएकी कांग्रेस सांसद माया राई कांग्रेस संसदीय दलको बैठकमा डाको छोडेर रोएकी थिइन् । नेतृ मञ्जु खाण मोहन बस्नेत लगायतले आफुहरु अप्ठ्यारोमा पर्दा पार्टी नेतृत्वले सहयोग नगरेको गुनासो पोखेका थिए । नेतृ बालकृष्ण खाण पत्नीले नेताहरु विरुद्ध राज्य शक्ति लागेर फसाउँदा पार्टी मुकदर्शक भएर बसेको भन्दै दुःख व्यक्त गरिन् ।
एमाले नेता तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी धर्मपत्नी अञ्जला कोइरालालाई घरबाट अदालतमा उपस्थित गराएर त्यही दिन धरौटीमा रिहा गरेकोमा कांग्रेस सांसदहरुको प्रश्न थियो । उनीहरुले एमालेको सेटिङमा कांग्रेस सांसदहरुलाई यतिका दिनसम्म किन थुनियो र एमाले निकटलाई किन तुरुन्तै धरौटीमा रिहा गरियो ?थिए त्यस्तै, शंकर भण्डारीले माया राईलाई १७ दिन थुन्ने ऋषिकेश पत्नीलाई १० घण्टामा छुटाउने भन्दै कांग्रेस कहाँ छ भनेर प्रश्न गरेका थिए ।