सम्पादकीय
परिवार र मुलुक समृद्ध हुन काम धेरै र कुरा थोरै हुनु जररुी छ । तर हाम्रो परिवार सञ्चालक र मुलुक सञ्चालकमा त्यसको ठीक उल्टो व्यवहार भईरहेको छ । त्यसैले समृद्धिको गति अघि हुनुपर्नेमा झन् पछिपछि पर्दै गइरहेको छ ।
कुनै परिवारको मुख्य सदसयले कुरा कम र काम बढी गर्ने हो भने त्यसैको सिको अन्य सदस्यले पनि गर्ने गर्दछन् । जसले गर्दा सो परिवार समृद्धितर्फ लम्किन सक्छ । त्यस्तै मुलुकको उच्च नेतृत्वले पनि भाष्ण कम र काम बढी गर्ने हो भने मातहतका मन्त्रालय, विभाग लगायतका नेतृत्वले पनि त्यस्तै सिको गर्न सक्दछन् । जसले मुलुक समृद्धिको बाटोमा लम्किन धेरै समय लाग्ने छैन ।
मन्त्री, प्रधानमन्त्री, सभामुख वा कुनै कार्यालय प्रमुख नै किन नहोस्, सबै सर्वसाधारणदेखि विशिष्टहरुले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि बनेर जाने अनि लामो लामो भाषण गरेर कार्यक्रम पट्यार लाग्दो बनाउँदै आएका छन् । यसो गर्दा कार्यक्रम आयोजकलाई कार्यक्रम समयमै सक्न मुस्किल परिरहेको हुन्छ भने आफ्नो महत्वपूर्ण समय पनि भाषणमै बितिरहेको पत्तै हुँदैन । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्ने क्रममा ठूला ठूला आदेशका कुरा गर्ने, अनि काम भने सानो पनि नगर्ने प्रवृत्तिका कारण स्रोतागणलाई भाष्ण पट्यार लाग्दो हुनु स्वभाविकै हो । यस्तो अवस्था हटाउन थोरै बोल्ने र बोलेकोभन्दा धेरै काम गरेर देखाउने प्रवृत्तिको विकास गर्न जरुरी भएको देखिन्छ । धेरै बोल्दा आफैले बोलेको आफैलाई थाहा हुँदैन । काम गरेर देखाउनु पनि चुनौतीपूर्ण हुन्छ । त्यसैले थोरै बोल्ने र काम धेरै गरेर देखाउने प्रवृत्तिको विकास गर्न जरुरी छ । एक परिवार देखि मुलुकसम्मलाई यो कुराको खाँचो छ ।
विकसित मुलुकमा भाषण थोरै र काम धेरै गरेर देखाउने गरिन्छ । त्यसैले मुलुक समृद्ध भएको छ । परिवार नेतृत्व र मुलुकको नेतृत्व गर्नेहरुलाई भ्याईनभई हुने गरेको छ । नेताहरुलाई जनताले देखिने गरी काम गरेर देखाउन हतार छ तर हाम्रो देशमा भने कार्यक्रम आयोजकहरुको निम्तो मान्ने र प्रमुख अतिथि बनेर भाषण गर्नेमा नेता समय धेरै बित्ने गरेको छ । त्यसैले अब कार्यक्रम आयोजकहरुले पनि राजनीतिक नेतृत्वलाई कार्यक्रममा नबोलाउने र जनताका कामहरु सहज रुपमा गर्न दिने बानीको विकास गरौं । अबदेखि कार्यक्रम आयोजकहरुले राजनीतिक दलका सांसद, मन्त्रीलाई बोलाउनुभन्दा पनि पञ्चकल्याद्वारा उद्घाटन गराउँदा भने अझ राम्रो होला की ?