काठमाडौँ । प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगाबाट ४५ लाख ६३ हजार मूल्य बराबरको सुन बरामद गरेको छ । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बा.प्र .०३–००१ ख ३१३९ नम्बरको बस चेकजाँच गर्दा उक्त परिमाणको सुन भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
टुक्रा सुन लिएर आएका ३१ वर्षीय महादेव सामन्तलाई प्रहरीले पक्राउ गरेको छ । उनी भारत वेस्ट बङ्गालका स्थानीय हुन् । थप अनुसन्धान र कारबाहीका लागि उनलाई विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको् छ ।
बेलाबेलामा सुन बरामद हुने प्रकरणले नेपालको बाटो हुँदै विदेशमा सुन ओसार पसार दिनहुँ जसो हुन सक्ने अनुमान पनि गरिंदै आएको छ ।








