साच्चै नै मानिसको घर त यस्तो भएपो ?

आनीबक्ष पीयूषी
आखिर मानिस सामाजिक प्राणी भएको भएतापनि पूर्वहरुले बसालेको थिति अनुसार आआफ्नो घरपरिवारमा बसी जीवनयापन गर्ने, सक्दो उन्नती गर्ने प्रचलन रहि आएकै छ । यहाँ प्रस्तुत एक घरपरिवार भन्नाले एक जोडी आमाबाबुका सन्तान दर सन्तान भन्ने बुझौं । सकिन्छ भने मातापिता नभए पनि एकाकोत्वका दाजुभाइ पनि एकाघरमा बस्न सकिन्छ । त्यही घर कस्तो भए त्यसघरमा बस्ने परिवारका लागि सुविधा होला भन्ने बुँदाहरुबाट बुझौं । त्यस्तो आकर्षक घरभित्र रहेर के के, कस्तो कस्तो, कसरी कसरी गर्न सकिदो रहेछ भन्ने कुरा बुदाहरुबाट प्रष्ट्याउन खोजिएको छ ।
— यसो झट्ट हेर्दा समय सापेक्षमा सुहाउदिलो र सुविधाजनक घर रहेको ।
— घरभित्र चाहिने सामान यथेष्ट अवस्थामा रहेका ।
— अन्नपातहरु कुनै खाँचो नपर्ने गरी भण्डारन गरिएको ।
— घरको वातावरण एकताबद्ध, सभ्यतामूलक, म¥यादित एवम् सौहार्दपूर्ण रहेको
— घरका सबै परिवारका सदस्यहरु आरोग्यपूर्ण रहेका । यदाकदा कोही बिरामी परे सबैले चासो लिएर निको हुनुपर्ने आवश्यक विधिहरु अपनाउने गरिएको ।
— घरको हितका लागि गरिने सबै खाले शुद्ध पारिश्रमहरु लक्ष्यन्मुख रहेको ।
— घरकै हितका लागि गरिने हरेक कार्य पद्धतिहरु अटुट सल्लाह अनुसार हुने गरेको ।
— घरका सदस्यहरुमा कसैले गल्ती कमजोरी गरेता पनि सुधारोन्मुख रहेको ।
— घरको शोभा एवम् नीतिको रुपमा रहेका वस्तुभाउ उज्यालो अनुहार र हृष्टपुष्ट रहेका, वरबगैंचाका बोटविरुवाहरु मौलाईरहेका त्यस्तै खेतिपातिमा फल्ने अन्नहरुको फलाई हेरु हेरु परेका देखिने गरेका ।
— बाह्य आम्दानीजागिरका स्रोतहरुमा कुनै खतरा देखा पर्ने अवस्था नरहेको ।
— घरको संस्कार र संस्कृति मानवीय तवरले आकर्षक रहेको ।
— घरका सबै सदस्यहरुद्वारा सद्ज्ञान ं सदाचार एवम् सीपका लागि निरोधात्मक, प्रवन्धनात्मक एवम् उपचारात्मक कार्य पद्धति अपनाउदै गरिएको ।
— घरसँग सम्बन्धित अग्रजपंक्ति, प्रियजनपंक्तिm, बन्धुवर्ग, नरनाता, इष्टमित्र, परपाहुना, गुरुवर्ग, देउदेउता, पितृपक्षहरुले
कुनै गुनासो गर्नुपर्ने अवस्था नरहेको ।
— वस्तुभाउ, खेतीपाती र चाडपर्वका लागि चाहिने आवश्यक साधनस्रोतहरुको कुनै कमिकमजोरी नरहेको ।
— घरको चालचलन आफ्ना मान्छेका लागि समाजका लागि र राष्ट्रका लागि समेत मनमोहक रहेको ।
— घर परिवारमा कुठाराघात हुने खालका दुष्प्रवृत्तिहरुलाई देखा पर्ने वित्तिकै हटाइहाल्ने चालचलन भएको ।
— घरको समग्र पारिवारिक मिलेमतो सबैभन्दा महत्वपूर्ण निधि हो भनेर आत्मसात गरी ऐक्यबद्ध भावनामा लागि परिरहेको ।
— घर परिवारका सबै सदस्यहरुमा जो कसैलाई पनि कुनै किसिमको धक्का नपुर्याई सुविधा लिनेमा भन्दा दिनेमा बढी ध्यान जाने महान पवित्र भावनाले ओतप्रोत भइएको अवस्था विद्यमान
रहेको ।
— घरको अस्तित्वलार्य जोगाउने प्रयास उमेर पुगेका सबै परिवारजनबाट भैरहेको ।
— घरको स्वामित्वमा रहेको चलअचल सम्पत्तिलाई राम्रोसँग सदुपयोग गरी अरु थप गर्ने प्रयास भैरहेको ।
— घरलाई उल्लेख्य रुपमा व्यवस्थित गर्न सात्विक हैसियतयुक्त मानसिक एवम् शारीरिक परिश्रमको साहारा लिईदै
गरिएको ।
— समय समयमा आइपर्ने विशेष व्यवहार चलाउनका लागि र अरुलाई सहयोग पुर्याउनका लागि चाहिने थप सामग्रीहरुको पनि बन्दोबस्त मिलाउँदै
गरिएको ।
— घरको सुरक्षाका लागि घर परिवारका सबैजना चनाखो रहिएको ।
— घरपरिवारका सदस्यहरु मध्ये परस्परमा अन्तरघात हुन्छ कि भनेर आआफु होसियार
रहिएको ।
— घरको वर्तमान र भविष्य निर्माण गर्ने काममा परिवारका सबै सदस्यहरु हाँसी खुशी लागि परि रहिएको ।
— परिवारका सबै सदस्यहरुको अन्तरसम्बन्धमा समर्थारति प्रेम मौलाईरहेको ।
— परिवारका सबै सदस्यहरुको पहलमा परिवारका हरेक सदस्यको जीवन सफलता स्वरुप अन्तिम क्षणका लागि अमृतकल्प पात्र भरिदै गरेको अवस्थामा रहेको ।

LEAVE A REPLY