नेपाल सरकार समृद्धिका लागि चाहिने युवाशक्ति विदेश पठाएर समृद्धिको रटान गरिरहेको छ । मुलुकमा युवाशक्ति बिना कसरी समृद्धि सम्भव छ ? रोजगारीका क्रममा खाडी मुलुक जाने र शैक्षिक आर्जन लागि अमेरिका, क्यानाडा, अष्ट्रेलिया, जापान, चीन लगायतका मुलुकहरूमा जाने विद्यार्थीको लस्कर हेर्दा कहाली लाग्छ । मुलुक नै रितिएको महसुस हुन्छ ।ती युवाले नेपालमा कुनै भविष्य नै देखेका छैनन् । न
त सरकारले उनीहरूलाई भविष्य नै देखाउन सकेको छ । उनीहरूलाई स्वदेशमै गुणस्तरीय शिक्षा र योग्यता–क्षमताअनुसारको रोजगारी दिने हैसियतसमेत नेपाल सरकारले राख्न सकेको
छैन । बरु विभिन्न कन्सलटेन्सीमार्फत विद्यार्थी र विभिन्न म्यानपावर मार्फत कामदार बाहिर पठाउन उक्साहट गरिरहेको छ । विद्यार्थी पढ्न जाने बहानामा उतै पलायन भएका छन् र कामदारले पठाएको रेमिट्यान्सले मात्रै मुलुकमा समृद्धि
आउँछ रु होइन भने, नेताहरू किन जनता ढाँट्ने काममात्र गरिरहेका छन् रु मुलुकमा समृद्धि ल्याउन शिक्षित र लगनशील युवाको खाँचो पर्छ भन्ने कुराको अवगत नेताहरूमा हुनुपर्छ कि पर्दैन रु अहिले नेपालमा उत्पादित कक्षा १२ का विद्यार्थीमध्ये करिब ७० प्रतिशत विद्यार्थी विदेशि शैक्षिक संस्थामा पढ्न जाने बारेका छन् । नेपालका शैक्षिक संस्थामा बाँकी करिब ३० प्रतिशतमात्रै विद्यार्थी पढ्ने गरेका छन् । जसले गर्दा नेपालका सामुदायिक शैक्षिक संस्था बन्द हुने अवस्थामा पुगेका छन् । यस्तै अर्धशिक्षित, शिक्षित युवाहरू पनि नेपालमा कुनै भविष्य नदेखेर खाडी मुलुक पलायन भइरहेका छन् । नेपालमा अब जागिर खाने, केटाकेटी र वृद्धवृद्धा मात्र बाँकी रहेका छन् । यस्तो अवस्थाले कसरी आउँछ देशमा समृद्धि रु मुलुकको यस्तो दयनीय अवस्था हुँदासमेत नेताहरूको ध्यान युवा शक्ति विदेश पलायन हुनबाट रोक्नेतर्फ किन जाँदैन रु नेपालमा प्रकृतिले दिएका उपहार जलस्रोत, कृषियोग्य हावा पानी, पर्यटन क्षेत्र लगायतका वस्तुहरूको बढीभन्दा बढी सदुपयोग गरी नेपालमै रोजगारी र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने हो भने युवाहरूले नेपालमै आफ्नो भविष्य हुने सपना देख्ने थिए ।
नेताहरूमा कामभन्दा भाषण गर्ने बानीको विकास हुँदै गएको कारण युवाहरूले आफ्नो देशमा भविष्य नदेखेको कुरा प्रष्टै छ । २५० जनाको दरबन्दी खुल्दा ५० हजारको आवेदन पर्ने र उत्तीर्ण हुने मध्ये पनि सोर्स फोर्समा अन्तर्वार्ता पास हुने प्रवृत्तिको विकास भएका कारण युवाले नेपालमा भविष्य नदेख्नु अस्वाभाविक होइन, बाध्यता हो । त्यसैले राजनीतिक र प्रशासनिक तहबाट विदेशिएका युवालाई नेपाल फर्काउने, विदेशीने तयारीमा भएका युवालाई रोक्ने र उनीहरूको क्षमताअनुसारको रोजगारी दिने हैसियत राख्न सक्नुपर्दछ ।
यो हैसियत राख्न नसकेसम्म मुलुकमा समृद्धिको कल्पनै गर्न सकिदैन ।









