नागरिकता सम्बन्धि विधेयक पारित

काठमाडौं । लामो समयदेखि सबैको ध्यान पुगेको नागरिकता ऐन संशोधन विधेयकलाई संसदीय समितिले पारित गरेको छ । केही दिन अघि बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले आमाको नामबाट नागरिकता प्रदान गर्ने लगायतका महत्वपूर्ण प्रावधानसहित नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।
समिति सभापति रामहरि खतिवडाका अनुसार पारित विधेयकले नागरिकता प्राप्तिका लागि बाबु वा आमामध्ये कुनै एकको नामबाट आवेदन दिन सकिने व्यवस्था सुनिश्चित गरेको छ । यसअघि नागरिकता लिन बाबु र आमा दुवैको पहिचान अनिवार्य जस्तै थियो ।
विधेयकमा आमाको नामबाट नागरिकता लिँदा बाबुको पहिचान नखुलेको अवस्थामा सो व्यहोराको स्वघोषणा गर्नुपर्ने व्यवसथा भगरिएको छ । यदि उक्त स्वघोषणा झुटा ठहरिएमा दोषीलाई एक वर्षसम्म कैद र जरिवाना हुने कडा प्रावधान पनि विधेयकमा राखिएको छ ।

LEAVE A REPLY