सर्वोच्चमा तीन न्यायाधीश सिफारिस

काठमाडौं । सर्वोच्च अदालतमा चार न्यायाधिश खाली थियो, तीन न्यायाधीश पदपूर्ति हुने भएको छ । न्यायपरिषदले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको हो । सर्वोच्चमा रिक्त रहेको चारजना न्यायाधीशको पदमा तीन जनालाई परिषदले सिफारिस गरेको हो । सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्या न्यायाधीश शान्ति सिंह थापा छन् ।
परिषदले पहिलो नम्बरमा पोखरेललाई सिफारिस गरेको छ भने क्रमशः मुख्य न्यायाधीश पौडेल र थापालाई सिफारिस गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषदको बैठकले उक्त निर्णय गरेको हो । परिषदले सिफारिस गरेसँगै अब तीनै जनाको संसदस्य सुनुवाई भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने छन् । सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष समेत हुन् । पोखरेल केही समयअघि मात्रै लोकतान्त्रिक समूहबाट सर्वोच्च बार अध्यक्षमा निर्वाचित भएका थिए । उनी संवैधानिक एवम् कर्पोरेट मामलाका ज्ञाता मानिन्छन् ।

LEAVE A REPLY