। एमालेलाई लोकप्रिय बनाउन एमालेलाई सफल बनाउन अध्यक्ष केपी ओलीको ठूलो योगदान छ । तर ओलीलाई असफल पारेर आफ्नो दुनो सोझ्याउन खोज्ने तत्वले कहिले विद्या भण्डारीको कुरा गर्छन, कहिले ईश्वर पोखरेलको कुरा गर्छन् । जसरी कांग्रेसलाई बलियो बनाउन विपी र गणेशमानको योगदान थियो, त्यसैगरी एमालेलाई बलियो बनाउन ओलीको योगदान छ । ओलीकै जोडबल र सक्रियताले आज एमाले सानदार रुपमा सत्तामा छ । ओलीकै सफल रणनीतिका कारण एमालेको नेतृत्वलाई देशको ठूलो दल कांग्रेस हुँदै अन्य आधा दर्जन दलले रुचाएका छन् । यदि प्रधानमन्त्री ओलीले इमान्दार रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री छाडे पनि एमाले २०८४ अघिसम्मै सत्तामा रहने अवस्था छ । ओलीले वर्तमान मन्त्रिमण्डलमा पनि आफु खुशी पक्षपात नगरी मन्त्रिमण्डल गठन गरेको अवस्था छ । ओलीकै जोडबलले एमाले यो अवस्थामा आइपुगेको एमालेका हरेक कार्यकर्ता बताइरहेका छन् । यस्तो अवस्थामा एमालेभित्र ओलीको किन विकल्प खोजिदैछ ? त्यसो त ओलीले एमालेभित्रका हरेक समूहलाई पार्टीमा कुनै पक्षपात नगरी उचित स्थान दिन जरुरी छ । कतिपय कुरामा ओलीको पनि कमजोरी देखिन्छ । ओलीको नेतृत्व एमालेमा निर्विकल्प छ । ओलीको पक्षमा ७०÷८० प्रतिशत कार्यकर्ता रहेको कुरा ओली सहभागी भएको कार्यक्रम स्थानमा भएको उपस्थितिले स्पष्ट पारेको छ ।
Enter
Dambar
333









