काठमाडौं । विजयराम कशजु र अवशेष प्रसाद ओझाले कर्भ ईभी एसयूभी कुपेमा ६७०० किलो मिटर यात्रा गरेर एउटा नयाँ रेकर्ड बनाएका छन् ।
हालै काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई यूवाहरुले काठमाडौंदेखि कन्याकुमारी ड्राइभ गरेर ६७०० किलो मिटरको यात्राको नयाँ रेकर्ड बनाएको जानकारी गराएका हुन् ।
सोही क्रममा अवशीस प्रसाद ओझाले ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यतालाई गलत साबित गरेको बताएका छन् ।









