हाम्रो साथमा यहाँहरुको कल्याण हुने नै छ

— मानव आर्जित शिक्षले उपयुक्त वातावरणमा व्यवहारिक कुशलतासँगै मानवीय सद्गुण एवम् सदाचार अनुरुप चल्न लगाइयो भने मात्र उन्नतीका मार्गहरु प्रशस्त हुन सक्छन् ।
— जनता खुशी भए भने सैद्धान्तिक अस्तित्वको साथमा राजनैतिक स्थायित्व कायम रहन्छ ।
— मान्छेको नियती खराब छ भने जति धेरै पढे पनि अरुलाई सताउन छोड्दैन ।
— दिमागमा गुजुल्ट्याइको शिक्षाभन्दा कार्य क्षेत्रमा उत्रिएको शिक्षा प्रभावकारी हुन्छ ।
— मानिसको घर जीवनको आधार नै हो ।
— मानवीय आधारमा शिक्षा आकर्षणको केन्द्रविन्दु बन्नु पर्दछ ।
— नराम्रोबाट राम्रो तिर, अँध्यारोबाट उज्यालो तिर, अप्ठ्यारोबाट सजिलो तिर, अल्पताबाट दिगोपना तिर, कच्चाबाट पक्कातिर, सुस्तताबाट शीघ्रता तिर, साँघुरोबाट फराकिलो तिर, अज्ञानताबाट ज्ञानपुञ्ज तिर, सुख्खाबाट रसिलो तिर प्रवेश गराउने युक्ति नै शिक्षा हो ।
— व्यापक ज्ञान, बलियो शरीर, व्यवहारिक योग्यता, उच्च नैतिकता, सैद्धान्तिक निष्ठता, कर्तव्यपरायणता एवम् श्रमजीवि भएमा मानिस शक्तिशाली हुन सक्छ ।
— पवित्र भावना, अचुक साहस, दिगो आरोग्यता, कर्मशीलता एवम् सहयोगी प्रवृत्ति मानिसमा हुनुपर्ने ऐश्वर्यशीलता हुन् ।
— सम्भाव्य शक्ति सम्पन्नता नभै मानिसलाई सहज रुपमा जीवन विचरण गर्न गाह्रो हुन जान्छ ।

LEAVE A REPLY