काठमाडौँ । बाढीपहिरोका कारण मुलुकका दर्जन नजिक राजमार्गहरुमा पूर्ण रूपमा क्ष्तिपुर्याएको छ । जसका कारण ती सडकहरुमा सवारी साधन गुड्न सकेका छैनन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन्।
यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग मा भनें सवारी साधन एकतर्फी रूपमा सञ्चालन भएका छन् ।








