काठमाडौँ । फिफा विश्वकप (२०२६ अन्तर्गत शुक्रबार राति भएको खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिना बराबरीमा खेलेका छन् । आयोजक देश क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १(१ को बराबरी खेलेका हुन् ।
खेलको २१औं मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, बोस्निया एन्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन ।
८० मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो । काइल लारिनले शानदार कन्ट्रोलका साथ गोल गर्दै क्यानडालाई बराबरीमा फर्काएका थिए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र अंक दुवै टोलीले एकएक अंक बाँडे ।









