समसामयिक राजनीतिका विषयमा छलफल गर्न अहिले विहान ९ वजे देखि सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार समसामयिक राजनीतिका विषयमा छलफल गर्न लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठक सोमबार बिहान ९ बजेदेखि संसद् सचिवालय सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने बताइएको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष तथा सभापतिसहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको बुर्लाकोटीले जानकारी दिएका छन् ।

LEAVE A REPLY