काठमाडौँ । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स एचइआई ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । यही २०२५, जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेशन अफ दि एअर’ २०२५ बाट हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी सम्मानित भएको हो ।
कार्यक्रममा कम्पनीका अध्यक्ष श्री महेन्द्र कृष्ण श्रेष्ठ र निर्देशक श्री विजय कुमार पन्त स्वयं सहभागी भई अवार्ड ग्रहण गर्नु भएको थियो । एसिया प्यासिफिक क्षेत्रकै सबैभन्दा प्रतिष्ठित अवार्डका रुपमा लिइने उक्त अवार्डले सम्मानित हुँदा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली बीमा उद्योगको छवि थप उजागर भएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु प्राप्त गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा इन्स्योरेन्स एशिया अवार्ड, सन् २०२४ मा ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर र ‘स्ट्राटेजिक पार्टनरसिप अफ दि एअर’ जस्ता महत्वपूर्ण अवार्डहरु प्राप्त गरिसकेको छ ।
बीमा क्षेत्रमा उत्कृष्ट सेवा, नवीन रणनीति तथा ग्राहकमुखी दृष्टिकोणका कारण ९एचइआई० लगातार अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा बटुल्दै आएको छ । यस वर्ष प्राप्त दुई विधाका अवार्डले कम्पनीको व्यवसायिक नेतृत्व क्षमता र नवप्रवर्तनशील सोचलाई अझ पुष्टि गरेको छ ।
कार्यक्रममा सहभागी भएर अवार्ड ग्रहण गर्नुहुँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यो अवार्ड सम्पूर्ण टिमको कठिन परिश्रम र प्रतिबद्धताको नतिजा हो ।
हामीले हाम्रा ग्राहकप्रति गरेको सेवा प्रतिबद्धताको अन्तर्राष्ट्रिय मान्यता पाउँदा हामी अत्यन्त गर्वित भएका छौं ।”









