भाटभटेनीका अध्यक्ष गुरुङद्वारा भवन हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन बहादुर गुरुङले टियू शिक्षण अस्पताललाई भवन हस्तान्तरण गर्न पाउँदा धेरै खुसी लागेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित टियू शिक्षण अस्पताललाई हस्तान्तरण गरेको भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित भवनको उद्घाटन समारोहमा उनले स्वर्गीय बुुबा र आमाको स्मृतिमा १० करोडको लागतमा भवन निर्माण भएको भन्दै यो हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताए ।
उनले भने, ‘टियू शिक्षण अस्पताललाई भवन हस्तान्तरण गर्न पाउँदा धेरै नै खुसी लागेको छ । २०६८ सालमा स्वर्गीय बुुबा र आमाको स्मृतिमा १० करोडको लागतमा यो भवन निर्माण गरेर आज हस्तान्तरण गर्दैछौं ।यसमा कुनै स्वार्थ नजोडीएको पनि उनले बताए ।

LEAVE A REPLY