शिक्षकहरुको सहयोग होनहार नागरिक तयारीमा

आज मुलुकले होनहार नागरिकहरुको खाँचो महसुस गर्दैछ । तिर्खाएको मानिसले शुद्ध जलको चाहना गरे जस्तै यस्ता नागरिकहरु बाहिरबाट आउने होइनन् हामी आफै नेपालीहरुले नै होनहार नागरिकमा हुनुपर्ने गुण भरी भराउ हुनुपर्ने हुन्छ । असल असल गुणहरुले सम्पन्न हुन सोही अनुरुपको शिक्षा हाँसिल गर्न पाउनुपर्ने हुन्छ । बौद्धिक क्षमता भएका सिपालु हातहरुलाई सक्रिय पार्न शिक्षाकै भूमिकामा निर्भर गर्दछ । आकर्षक शैक्षिक भूमिका निर्वाह गराउन राज्यले शिक्षकहरुलाई छड्के नजरले नहेरी भातृवात्सल्यतापूर्ण व्यवहार गर्नु पर्दछ । शिक्षकहरुले पनि कसैको कारिन्दा हौ भन्ने नसम्झी आफु बस्ने घर आफ्नै घर भएको ठाउँ आफ्नै समाज हो, समाज पनि आफ्नै देशभित्र छ भन्ने आत्म गौरवपूर्ण भावना लिएर मरिमेटेर चल्नुपर्ने हुन्छ । किनभने होनहार नागरिकहरुको अभावमा देशको उन्नती हुन अप्ठ्यारो हुन सक्छ ।
शिक्षा भनेको रातमा बालिन टुकी मात्र नभएर उज्यालोको लागि रात पछाडि आउने सूर्योदय जस्तै हो भनि सम्झेर शिक्षा जगतलाई समयको माग अनुरुप व्यवस्थित बनाउन राज्यको प्रमुख दायित्व नै हुन आउँछ । किनभने राज्यका होनहार र प्रमुख निधि भनेको योग्य, सक्षम, निरोगी, पवित्र भावनाले सम्पन्न, लगनशील, परिश्रमी, इमान्दार, साहसी जस्ता गुणहरुले सम्पन्न नागरिकहरु हुन् । मानिसमा हुनुपर्ने र हुन सक्ने असल गुणहरु भएका नागरिकहरु भएमा राज्यले प्रगति गर्न गराउन सजिलो हुनसक्छ । देशभरिका आफ्ना नागरिकहरु आआफुले जाने सम्म सकेसम्म जतिसुकै लगानी लगाए पनि खर्चै मात्र थपिन सक्छ, तर भने जस्तो काम नभएपछि राज्य पछि पर्ने पनि हुनसक्छ । यसर्थ आफ्नो राज्यमा के के कति कति ? कस्तो कस्तो ? कसरी कसरी ? कहाँ कहाँ ? को कोबाट काम गर्न गराउन सके राज्यको अर्थतन्त्र मजबुत हुन्छ देशको सुरक्षा हुन्छ जनता सुखी हुन्छन्, देशमा शान्ति छाउछ भन्ने कुरालाई आत्मसात गरी राज्यका अगुवा महोदयज्यूहरु र आदरणीय व्यक्तित्वहरुबाट पहल हुन आवश्यक छ । वहाँहरुले देशको लागि र मानवताको लागि भनेर होनहार नागरिकहरु तयारी गर्न जस्तो किसिमको सल्लाह दिनुहुन्छ शिक्षकज्यूहरुले पनि आफुसँग भएको क्षमता लगाएर अग्रसरता देखाउनुपर्छ । किनभने विद्वान वर्ग र शिक्षकहरुको साथ सहयोग बिना शिक्षा सप्रिदैन, शिक्षा नसप्री नागरिकहरु सप्रिदैनन् नागरिकहरु नसप्री देश सप्रिदैन । त्यसै कचल्टिएा वा विदेश पलायन भएर जिउन बाध्य हुनुपरेको अवस्था छ । आफुले जाने बुझेको काम गरी गरी जेनतेन जीवन विचरण गराउने मेलो मात्र हामी नागरिकहरु गरिरहेका छौ । तर देशमा उल्लेख्य प्रगति हुन नसक्दा पछि पो परियो कि भन्ने जस्तो हुँदैछ । राज्यमा तयारी अवस्थामा रहेको नागरिकहरुले के के काम कसरी कसरी रु कस्तो कस्तोरु कति कति रु कहाँ कहाँ गर्दा राज्यको प्रगति र जनताको उन्नती हुन्छ भनेर विचार गरी व्यवस्थित वातावरण तयार गर्न शिषाको साहाराबाट भए झनै राम्रो हुन कुरा निर्विवाद छ । जनतालाई सक्रिय पार्ने कि निष्क्रिय राख्ने भन्ने कुरा राज्यले खेल्ने भूमिकामा निर्भर हुन्छ । श्रमको अधिकतम सदुपयोग गरेर उल्लेख्य प्रगति गर्ने गराउने कुरा शिक्षामा आधारित हुन्छ । प्रेरणादायी परिश्रम गरेर यथेष्ट उन्नती गर्न सफल हुनुमा पनि शिक्षाकै बाहुल्यतामा भर पर्दछ । आफुले जानेसम्मको सीप लगाएर श्रम गरी उल्लेख्य प्रगति गर्न, निरोगी बन्न, सहयोगी हातहरु अघि बढाउन, भविष्य निर्माण गर्न सम्बन्धित व्यक्तित्वको योग्यतामा निर्भर हुन्छ । सिकारु नागरिकहरुले सिकी जानेको योग्यता, दक्षता, सद्गुण, सदाचार अनि सद्भावलाई परिपक्क र त्रुटिरहित बनाउन शिक्षकज्यूहरुले नै बढी जिम्मेवार भएर खटि दिनुपर्ने हुन्छ । देशको लागि र स्वदेशी बन्धुहरुको लागिभन्दा मिहनेत पनि गरिदिनु हुन्छ तर राज्यबाट विचार पुर्याएर ममृ बुझ्ने काम भएन भने मिहिनत ओझेल पर्दै जान सक्छ । कुनै पनि मानिसले आफुलाई मौलिक विशेषतापूर्ण व्यक्तित्व बनाउन धेरै राम्रो शैक्षिक वातावरण चाहिन्छ । यसक्रममा सृजनशील विशेषतायुक्त बन्न कोसिस गर्ने हो प्रयास गर्दै जादा नसके पनि रचनात्मक विशेषतायुक्तको चाहि हरेक मानिसले आफुलाई आफ्नै चासोयुक्त विधिबाट अग्रगामी पाइला चाल्न सक्ने होनहार व्यक्तित्वको रुपमा परिचय दिन सक्नु पर्दछ । नागरिकहरुले आफुलाई होनहार व्यक्तित्वको रुपमा स्थापित गरेर राष्ट्रको लागि पनि योगदान दिन आजको वैज्ञानिक युगमा आआफ्नो जिम्मेवारी पुरा नगर्ने, नै आफ्ना देशबन्धु नागरिकहरुलाई जान्नुपर्ने सीप, दक्षताद्वारा उपलब्धिमूलक कामहरु सम्पन्न गर्न सक्ने बनाइदिनु भयो भने नागरिकहरु पनि होनहार व्यक्तित्वको रुपमा तयार हुनेछन् । अनि शिक्षकज्यूहरुले जस पाउनु हुनेछ । जबसम्म आम नागरिकहरु आफ्नो परिवारको लागि समाजको लागि, देशको लागि र मानवतासमेत कै लागि स्वतःस्फुर्त रुपमा मरिमेटेर लागि पर्दैनन्, तबसम्म देशले उल्लेख्य उन्नती गर्न सजिलो हुँदैन । त्यसैले शिक्षकज्यूहरुले जतिबढी होनहार नागरिक तयार गर्न मेहनत गर्नुहुन्छ उत्तिनै बढि राज्यले पनि वहाँहरुलाई हौसला प्रदान गर्दै जानु आवश्यक हुन्छ । राज्यले आफ्ना शिक्षकहरुलाई सरकारात्मक भावका साथ उहाँहरुको कार्यसम्पन्नता उपर अनुगमन गरेर विकृति भए विकृति हटाइदिने राम्रो कामको लागि प्रोत्साहनको वातावरण तयार गरीदिनु पर्दछ । किनभने मिहनेत गर्ने र नगर्नेले पनि उत्तिकै सुविधा पाउँदै जाने हो भने मिहिनेत गर्नेको जाँगर मर्न सक्छ । किनकी एउटै भाँडोमा विष र अमृत मिल्न सक्दैनन् । अमृत बढ््दै गएर के हुन्छ र विष बढ्दै गए के हुन्छ भन्ने कुरा हामी जस्तो प्रबुद्ध वर्गले बुझ्ने कुरा हो । भनिन्छ “गर्नेभन्दा गराउने ठूलो” स्वभाविक रुपमा राज्य गराउने भएको कारण ठूलो त्यसै मानिन्छ, अब शिक्षकहरु गर्नेको फाँटमा आत्मगौरवका साथ पर्नुहुन्छ । राज्यले शिक्षकज्यूहरुलाई होनहार नागरिक तयार गर्नको लागि अप्ठ्यारो खालको होइन सजिलो खालको वातावरण तयार गरी दिनुपर्दछ । उहाँहरुले पनि आफुलाई विशेष गरी विद्वत वर्ग एवम् चेतनशील वर्गको रुपमा सम्झेर आत्मगौरवकासाथ राज्यले सुम्पेको अभिभार पुरा गर्नुहुनेछ । सिकारु नागरिकहरु पनि परिश्रमपूर्ण, त्रुटिरहित, वैज्ञानिक र समय सापेक्ष शिक्षा हासिल गरी देशको लागि योगदान दिन पाउने हर्षले गदगद हुँदै शिक्षा हाँसिल गर्नमा जोस् जाँगर बढाउँदै लगेर होनहार नागरिकको रुपमा आआफुलाई स्थापित गर्नुहुनेछ । राज्यले पनि शिक्षाको लागि कस्तो विषयहरुको अध्यापन गराउँदा देशको सजिलै उन्नतीहुनसक्छ भनेर व्यवस्था मिलाई दिनु पर्दछ । पढाउन चाहि मिहनेत गरेर पढायो तर नागरिकहरुको उन्नती भएन र देशमा पनि प्रगति छाएन भने शिक्षकहरुलाई आत्मग्लानी हुन सक्छ ।
हामी तमाम नेपालीहरुले आआफ्नो उन्नती र देशको प्रगति नचाहेका पक्कै छैनौ तर पर्नै नहुने कुराको गाँठो कहाँ पर्दैछ ? त्यो चाहि वैज्ञानिक तरिकाले आकर्षक वातावरण तयार गरिदिने हो भने शिक्षकज्यूहरु पनि देशको लागि योगदान दिँदैछु, नागरिकहरुको जीवनगाथा सपार्दै छु भनेर खुशीसाथ लाग्नुहुने छ, देशमा होनहार नागरिक तयार हुनेछन् । देशको प्रगति उल्लेख्य हुनेछ ।

 

LEAVE A REPLY