काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा आजदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरुभएको छ । श्रावण २१ गते देखि श्रावण २५ गते सम्म हुने उक्त एक्सपोको उद्घाटन उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भव्य समारोहका विच आज गर्नु भएको हो ।
५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल १५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल सार्वजनिक हुँन लागेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन नाइमा ले जनाएको छ ।,
यो एक्स्पोमा विद्युतीय, इन्धनचालित र हाइब्रिड सवारीसाधनको प्रदर्शनी भई रहेको छ । तर पार्टपुर्जा भने राखिने राखिएको छैन । यो एकसपोमा करीव ९० हजार देखि ९५ हजार मान्छेले अवलोकन गर्ने अनुमान गरीएको नाइमा नेपालको अपेक्षा रहेको छ । आजै एक्सपो अवलोकन गर्नेहरुको बाक्लो भीड लागेको यियो ।









