षडानन्द दिंगला एकता समाजंद्वारा दरखाने तथा पुर्नमिलन कार्यक्रम सम्मपन्न

काठमाण्डौ, षडानन्द दिंला एकता समाजले आज भाद्र १ गते आइतवार काठमाण्डौको लर्ड पार्टी भेन्यू धुम्बाराहिमा हरिताालिका तिज विषेश कार्यक्रम गरी महिलाहरुलाई दरख्वाउने तथा पुर्नमिलन कार्यक्रम सम्मपन्न गरेको छ ।
षडानन्द एकता समाजका अध्यक्ष मोहन दाहाल दिंलाली काजीको सभापतित्व तथा अरुण मा. वि. का पूर्व शिक्षिका जयालक्ष्मी राईको प्रमुख आतित्यमा भएको कार्यक्रममा अरुणमा.वि. दिंलाका पूर्व प्रधानाध्यापक गुरु प्रसाद राई, पूर्व प्रधानाध्यापक रवीद्र अधिकारी ,पूर्व शिक्षक यादवकुमार चापागाई, अरुणमा.वि.कै पूर्व शिक्षक तथा पिण्डेश्वर क्याँम्पसका पूर्व प्राध्यापक सोमेन्द्र गौतम्, भोजपुर दिंला तुंगेछाका पुर्व प्रधान पञ्च गोपाल श्रेष्ठ, सुदामासाप्ताहिक तथा सुदामा डट् कमका सम्पादक गोपाल आचार्य, अरुणमा.वि.की पूर्व शिक्षिका हेमन्ता अधिकारी, कृषिविकास बैंकका पूर्व उप महाप्रवन्धक भवीन्द्र खत्री, लाक्पा शेर्पा, पाशाड.गोले शेर्पा लगायत कार्यक्रमका अतिथि हुनुहुन्थ्यो । दिंगला एकतासमाजको आयोजनामा भएको कार्यक्रमको सह प्रायोजकमा म्याक्सनेपाल एजुकेशन प्रालि र बुद्धएरलाईन्स प्रालि रहेका थिए । वालिका द्धारा नृत्य उद्घाटन गरी गरिएको कार्यम ज्यादै रमाईलो संग समापन भएको थियो ।

LEAVE A REPLY