काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पशुपतिदेव पाण्डे निर्विरोध निर्वाचित भएका छन् । प्योर क्लोथिङका सञ्चालक पाण्डेको नेतृत्वमा आगामी दुई वर्षको लागी तयारी पोशाक उद्योग संघको नयाँ कार्यसमिति चयन भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य समेत रहेका पाण्डे यसअघि पनि संघको अध्यक्ष रहेका थिए ।
संघको निवर्तमान अध्यक्षमा चण्डीप्रसाद अर्याल, प्रथम उपाध्यक्षमा बसन्तराज अधिकारी ।हिमालयन कटन फेसन एण्ड ईन्टरनेशनल प्रा.लि. र उपाध्यक्षमा भुपेन्द्र कुमार बस्नेत विद्या एप्परेल्स प्रा.लि. र्निविरोध निर्वाचित भएका छन् ।
त्यस्तै, महासचिवमा भिमकुमार गिरी ब्ल्याक फेसन ईप्रा.लि., सहसचिवमा थोमनाथ बस्याल ,युनाईटेड फेशन निटिङ्ग ई. प्रा.लि चयन भएका छन् भने कोषाध्यक्षमा संजय कुमार अग्रवाल हेरिटेज फेसन निर्वाचित भएका छन् ।
साथै, कार्यसमिति सदस्यमा क्रमशः कृष्ण प्रसाद पाण्डे ट्रान्सट्रिप गार्मेन्ट ई.प्रा.लि०, सुरेशमान श्रेष्जम्फा निटिङ इण्डष्ट्रिज, हिराकाजी मुक्तान ९लोगो फेसन ई।प्रा।लि०, सतिस गिरी अनुजित एपरेल्स सचिन्द्र प्रधानाङ्ग हिमालयन निट वेयर र रमेश कुमार कर्ण निर्वाचित भएका छन् । त्यस्तै, आमन्त्रीत सदस्यमा सन्दिप पौडेल चयन भएका छन् ।









