माछापुच्छ्रे बैंककोे  २७ औं वार्षिक साधारण सभाले ८ प्रतिशत लाभाशं पारित गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८१ र २०८२को मुनफाबाट ४ प्रतिशत बोनस शेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी जम्मा ८ प्रतिशत लाभाशं पारित गर्ने तयारी गरेको छ ।। विहीबार बसेको बैंकको बैठकले पोखरास्थित होटल ग्राण्डमा आगामी असोज १० गते २७ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।
यसपटकको साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा नियुक्त व्यक्तिलाई अनुमोदन गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरण, चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँ बराबरका अविमोच्य असञ्चिति अग्राधिकार शेयर ८.२५ प्रतिशत ब्याजदरमा जारी गर्ने प्रस्ताव पनि अघि सारेको छ । अग्राधिकार शेयर जारीपछि पूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेस हुनेछ
सभा प्रयोजनका लागि कम्पनीले भदौ २७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । सोअनुसार भदौ २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउने र सभामा सहभागी हुन सक्नेछन् ।

LEAVE A REPLY