बिपि राजमार्गमा निर्वाध रुपमा सवारी साधन सञ्चालनका लागि प्रयास जारी छःसुमन योगेश

काठमाडौँ, भक्तपु्र डिभीजन सडकका सिडीई सुमन योगेशले बिपि राजमार्गमानजिकिदो चाडवपर्व लाई लक्षित गदै बिना अवरोध सवारी साधन सञ्चालन गर्न विर्वाधरुपमा प्रयास जारी राखेको बताउनुभएको छ । काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बिपी राजमार्गमा बिनाअवरोध सवारीसाधन सञ्चालनका लागि राजमार्गको क्षतिग्रस्त खण्डको सतह सुधार गर्नुका साथै आवश्यक प्राविधिक जनशक्ति र उपकरण तैनाथ गरिएकोउहाँको भनाई छ । गत वर्ष असोज ११ र १२ गते भएको अविरल वर्षाका कारण आएको बाढीपहिरोले सो राजमार्गमा ठुलो क्षति पु¥याएको थियो । राजमार्ग सञ्चालनको क्रममा कुनै पनि समस्या आए त्यसलाई तुरुन्तै सम्बोधन रेसपोन्स गर्ने गरी उपकरण तयारी गरिएको उहाँले जानकारी दिनुभयो । सडक डिभिजन भक्तपुर अन्तर्गत सो राजमार्गको पुनर्निर्माण भइरहेको छ ।
अहिले पनि सो राजमार्गमा बिनाअवरोध सवारीसाधन सञ्चालन हुँदै आएको बताउँदै उहाँले दसैँ सुरु हुनुअघि नै बाढीले क्षति पु¥याएको खण्डलाई सम्म पार्न ‘ग्रेडिङ’ र ‘रोलिङ’ गरिने जानकारी दिनुभयो । ‘ग्रेडिङ’ र ‘रोलिङ’ गरिएपछि अहिले रहेका खाल्टाखुल्टी पुरिएर सडक सतहसम्म हुने र सवारीसाधन थप राम्रोसँग चल्ने उहाँको भनाइ छ ।

त्यसै गरी पहिरो आए पन्छाउन सडक विभागको आफ्नै उपकरण तयारी अवस्थामा राखिएको डिभिजन इन्जिनियर योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले ३० वटा उपकरण तयारी अवस्थामा राखिएका छन् । त्यसै गरी प्राविधिकलाई भकुन्डेबेँसीमा तयारी अवस्थामा राखिएको छ ।
सिडिई योगेशका अनुसार बाढीले क्षतिग्रस्त बनाएको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको ३० किलोमिटर सडकलाई चार खण्डमा विभाजन गरी पुनर्निर्माण गर्न लागिएको हो । यसमध्ये २५ किलोमिटरको पुर्निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ । ठेक्का सम्झौतापछि निर्माण कम्पनीले काम सुरु गरिसकेका छन् । निर्माण कम्पनीले साइट कार्यालय स्थापना गरी काम सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो । ठेक्का पाएका कम्पनीले पुनर्निर्माण गरिने खण्डको सर्भे सम्पन्न गरी निर्माण सामग्रीको परीक्षण टेस्टको काम गरिरहेका छन् । भकुन्डेबेँसीदेखि चारसयबेँसीसम्मको निर्माणका लागि एक अर्ब १४ करोड रुपियाँको लागतमा ठेक्का लागिसकेको छ ।
यस खण्डको दुरी ११ किलोमिटर छ । त्यसै गरी चारसयबेँसी–डालाबेँसी सडकको निर्माणका लागि एक अर्ब ४२ करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो । यस खण्डको लम्बाइ ८.५ किलोमिटर छ ।
त्यसै गरी सिन्धुलीतर्फको बर्खेखोला–नेपालथोक खण्डको निर्माणका लागि ६१ करोड १४ लाख रुपियाँमा ठेक्का सम्झौता भइसकेको छ । यस खण्डको लम्बाइ चार किलोमिटर छ । निर्माणका लागि सम्झौता हुन बाँकी रहेका पाँच किलोमिटरमध्ये काभ्रेको पिप्लेदेखि डल्लाबेँसीसम्म दुई किलोमिटर पुनर्निर्माणका लागि ठेकेदार कम्पनी छनोटका लागि मूल्याङ्कन प्रक्रिया सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY