सबै भन्दा बढी संकटमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेको छः उपेन्द्रयादव

काठमाडौं ,जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा नरहेकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र बढी संकटमा परेकोे आरोप लगाएका छन्। संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाः जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
यादवले अहिले सबैभन्दा बढी संकटमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेको बताए। कांग्रेस र कम्युनिष्टको कारण नै संघीयता संकटमा रहेको उनको आरोप छ । कहिले पनि कांग्रेस संघीयताको पक्षमा नरहेको र नेपालमा वास्तविक कम्युनिष्टहरू नरहेको बताउँदै कम्युनिष्टको साइनबोर्ड लगाएर सबै कमाउने र अवसरवादीको जमात जम्मा भएको आरोप उनको छ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा धेरै संकटमा छ । धरापमा छ । कांग्रेस र कम्युनिष्टको कारण हो । कहिले पनि कांग्रेस संघीयताको पक्षमा छैन । पहिले पनि नेपाली कांग्रेस गणतन्त्रको पक्षमा थिएन । बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र कांग्रेसको मूल मन्त्रु, हो ।कम्युनिष्टहरू नेपालमा वास्तवमा छँदै छैनन् । न सिद्धान्तमा कम्युनिष्ट, न विचारमा, न आदर्शमा, न चरित्रमा । कम्युनिष्टको साइनबोर्ड लगाएर सबै कमाउने र अवसरवादीको जमात हो ।

LEAVE A REPLY