काठमाडौं ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले कांग्रेसको आसत्र महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिए। तत्काल सरकारका मन्त्रीहरू हेरफेर नहुने सभापति देउवाले स्पष्ट पारे।
देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख पनि गरे।








