ग्लोबल आइएमई बैंकलेप्राप्त गर्यो‘युरो मनी बेस्ट बैंक अवार्ड २०२५’

, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत प्रतिष्ठित बेस्ट बैंक अवार्ड प्राप्त गरेको छ । मंगलबार सिंगापुरमा आयोजित विशेष समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई अवार्ड हस्तान्तरण गरेकोको हो।
ग्राहकलाई उपलब्ध गराइएका सेवा, वित्तीय अवस्था, प्रविधिको प्रयोग, सुशासन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा देखाएको उत्कृष्ट कार्यसम्पादनका आधारमा ग्लोबल आइएमई बैंकलाई यो सम्मान प्रदान गरिएको हो ।
यससँगै ग्लोबल आइएमई बैंकले तेस्रो पटक ‘युरो मनी बेस्ट बैंक अवार्ड’ हात पारेको छ । यसअघि बैंकले सन् २०२२ र २०२४ मा पनि सो अवार्ड जितिसकेको थियो ।
ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो, जसले देशभर व्यापक सञ्जालमार्फत सेवा प्रवाह गर्दै आएको छ । हाल बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिइरहेको छ ।

LEAVE A REPLY