सपादकीय
जेन–जीलाई सामान्य नठानौं
जेन–जी भनेको युवा पुस्ता १८ वर्षदेखि २८ वर्षसम्मको उमेर०समूहको जमात हो । यो समूहका युवाहरुमा रगत तातिने अवस्थाका क्रियाकलाप भए÷गरे भने उनीहरु मर्न पनि र मार्न पनि तयार हुन्छन् । यस्ता उमेर समुहका विद्यार्थीहरु नेपालमा भएका चरम भ्रष्टाचारदेखि चिढिएकै थिए । के निहुँ पाउ र आन्दोलनमा उत्रिएर भण्डाफोर गरौं भन्ने बाटो हेरिरहेको बेला जेन–जीहरुले प्रयोग गरी रहेको र अभिन्न अंगकै रुपमा लिन थालिएको २६ वटा सामाजिक सञ्जाल सरकारले बन्द गरिदिएपछि उनीहरु सरकारप्रति आक्रोशित बने । आक्रोशित मुद्रामा शान्तिपूर्ण प्रदर्शनका रुपमा उत्रिएका उनीहरुको माग तुरुन्त वार्ता गरी पुरा गर्नुपर्नेमा सरकारले उनीहरुलाई सामान्य ठानी दबाउने तर्फ लाग्यो । जसको परिणाम भाद्र २३ र २४ गते भएको घटनाले देखाइदियो । घटनामा करी ७२ जनाको मृत्यु र पाचसय नजिक प्रदर्शनकारी लगायत घाइते भए । दलका शीर्ष नेताले राम धुलाई खाए । कतिले भागेर सेनाको सहयोग लिई ज्यान बचाए । जुन घटना हुन्छन् र हुन सक्छन् भनेर यसअघि नेताहरुले कल्पनै गरेका थिएनन् होला । यसले पनि प्रष्ट पार्छ कि यूवाहरु कति उकुसमुकुस भएका रहेछन् भनेर । उनीहरुले प्रधानमन्त्रीले भेट दिएसँग आफ्नो योगदान खेर नजाओस् भन्दै आग्रह गरे ।
हाम्रो नेताहरुले सन् २०२२ मा श्रीलंकामा भएको घटना, सन् २०२४ मा केन्याका राजधानी नैरोबीमा जेन–जीले गरेको प्रदर्शन र त्यसबाट उनीहरुले पाएको सफलताबाट पूर्णपाठ सिक्नुपर्ने र बेलैमा सतर्क हुनुपर्नेमा त्यसलाई वेवास्ता गर्दा अहिलेको आर्थिक संकट विरुद्धको आन्दोलनले गोटाबाया राजापाक्षेलार्य सत्ताच्यूत मात्र गरेन, युवा पुस्तालाई हेर्ने पुराना राजनीतिक दलहरुको दृष्टिकोण पनि परिवर्तन गरिदियो । त्यस्तै सन् २०२४ मा बंगलादेशमा १५ वर्षसम्म तानाशाह फैलाएर राज गरेकी शेख हसिनाको सरकार विरुद्ध आन्दोलन गरे । उनलाई देशै निकाला गरिदिए र सत्ता नै आफ्नो हातमा लिए । त्यसैगरी केन्याको राजधानी नैरोबीमा त्यहाँका राष्ट्रपति विलियम रुतोको करवृद्धि नीति विरुद्ध जेन–जी पुस्ता सडकमा उत्रिएर सामाजिक सञ्जालकै माध्यमबाट आन्दोलन गर्दा इन्डोनेसिया सरकार कर वृद्धि फिर्ता लिएर जेन–जी सामु घुँडा टेक्न पुगेको थियो । त्यसैगरी नेपाल सरकार पनि जेन–जीहरुले हालै गरेको आन्दोलनबाट घुँडामात्रै टेकेन सरकारै परिवर्तन भयो । आन्दोलन सुरु गरेको करिब २३ घण्टामा तहसनहस नै बनाइदिए । त्यसअर्थमा विदेशी जेन–जीभन्दा नेपालका जेन–जी धेरै कडा खालका भएको पुुष्टि भयो ।
नेपालका पुराना दलको कार्यशैलीबाट निराश भएका जेन–जीहरुकै कारण आज रास्वपा, बालेन र हर्क जस्ता कर्मठ व्यक्तिहरुको उदय भएको छ । यो त एउटा सानो उदाहरण मात्र हो । आगामी निर्वाचनमा देशैभर यस्ता व्यक्तिहरुको उदय हुने कुरामा कुनै दुईमत छैन । पुराना दलका नेताहरुले मौका पाउँदा आफु र आफ्ना दलको स्वार्थभन्दा माथि रहेर जनअपेक्षा काम प्रष्ट देखिने गरी गर्न सकेनन् । मतदातालाई मान्छे नै गनेनन् । त्यसैले अब जति पछुताए पनि र माफ मागे पनि जनताले क्षमा दिने छैनन् र दिनुपनि हुदैन।

LEAVE A REPLY