युवा परिषद्द्वारा जेनजी आन्दोलनका शहीदहरुको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धान्जली सभा

, भक्तपर । राष्ट्रिय युवा परिषद्ले जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा हिजो श्रद्धाञ्जली एवम् दीप प्रज्वलन गरेको छ । सरकारले राष्ट्रिय शोक घोषणा गरेका दिन सानोठिमीस्थित परिषद् कार्यालयको प्राङ्गणमा दिप प्रज्वलन गरिएको हो ।
श्रद्धाञ्जली कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी पुस्ताका युवाका चाहना र भावना अनुरुप अघि बढ्नसके मात्र शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । ‘जेनजी आन्दोलनका सम्पूर्ण शहीदहरूप्रति भावपुर्ण श्रध्दाञ्जली अर्पण गर्दै समस्त शोककुल परिवारजन र मनहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

LEAVE A REPLY