प्रधानमन्त्री कार्कीद्वारा मन्त्री परिषद विस्तार,कसलाई कुन मन्त्राय ?

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले दोस्रो चरणको मन्त्रीपरिषद विस्तार गरेकी छिन ।
मन्त्रिपरिषद् विस्तारका क्रममा हुने नयाँ मन्त्रीहरुमा पत्रकार जगदीश खरेल हुनुहुन्छ । उहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
त्यस्तै, डा. संगीता मिश्रलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरी स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईएको छ । त्यस्तैपूर्वन्यायाधीश अनिलकुमार सिंन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दुबैको जिम्मेवारी दिइएको छ ।।
न्याय क्षेत्रमा लामो अनुभव बटुलेका सिन्हालाई कार्यपालिका तहमा ल्याउनु प्रधानमन्त्री कार्कीको रणनीतिक निर्णयका रूपमा हेरिएको छ। विशेषगरी भूमि तथा उद्योग मन्त्रालय दुवै नीति निर्माण, सेवा प्रवाह र संरचनागत सुधारका दृष्टिले संवेदनशील मानिने मन्त्रालय हुन्।
महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिईएकोछ।

 

LEAVE A REPLY