अध्यक्ष ढकालद्वारा लगानीको वातावरण विग्रन नदिन सरोकारवालाहरुलाई आग्रह

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिन सबै सरोकारवालालाई आग्रह गरेका छन् ।
भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा एनसेल, चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्समा भएको आगजनी तथा तोडफोडको शनिबार स्थलगत निरीक्षण गर्दै अध्यक्ष ढकालले यस्ता घटनाले लगानीको वातावरणमा दीर्घकालीन असर पार्ने बताएका छन्। “नेपालमा लगानीको वातावरण बिग्रने अवस्था आएको छ । यस्ता घटनाहरूले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ । सरकार, राजनीतिक दल र सरोकारवालाले लगानीमैत्री वातावरण कायम गर्नुपर्छ,” उनले भने ।
उनले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योगहरू तथा व्यावसायिक सम्पत्तिमाथि आक्रमण भएको छ जसले दैनिक उत्पादन र रोजगारीमा प्रत्यक्ष असर पारेको बताए ।

 

LEAVE A REPLY