राष्ट्रिपतिद्वारा नौ कन्याको पूजा सम्पन्न

काठमाडौं । राष्ट्रिपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका नौ जना कन्याको पूजा गरेका छन्।
प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने चलन छ।
सोही चलनलाई निरन्तरता दिन राष्ट्रपति पौडेलले आज पनि नौ कन्याको पूजा गर्नु भएको हो ।
राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उनले पूजा गरेका हुन्। प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने चलन रही आएको छ ।

LEAVE A REPLY