काठमाडौँ। अरुबेला खचाखा हुने काडमाण्डौ फूलपाती देखी क्रमशःचकमन्न हुदै गएर आज सम्म आईपुग्दा सडक सुनसान प्रायः छन् काडमाण्डौमै बस्दै आएकाहरु पनि मठमन्दीर जान बाहेक घरबाट निस्कदैनन्। सडकका चोक र गल्लीहरु सुनसान छन् । पसलहरु पनि सबै बन्द नै छन् ।यस्तो हुनाको कारणदसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आएका जनसमुदायहरु जन्मस्थान तर्फ फर्किनु हो। जसका कारण दैनिक सवारी चापमा पनि करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको छ । र गुडीरहेका बसहरुममा पनि करीव ५० प्रतिशत मात्रै यात्रुहरु देखिन्छन ।
वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दसैँका अवसरमा आआफ्नो गाउँ फर्किसकेका छन् । । लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको छ ।
सहरी भव्यता र व्यस्त जीवनशैलीबाट केही दिनका लागि टाढा हुँदै गाउँ फर्किने क्रमसँगै राजधानी सुनसान बन्दै गएको हो
गाउँघरमा भने दसैँको आगमनसँगै वातावरण उल्लासमय बन्न थालेको छ । घरआँगनमा टिका र जमरा छर्ने तयारी भइरहेको तथा आआफ्नो धर्म, परम्परा र संस्कारअनुसार चाडको स्वागत भइरहेका दृश्य तथा तस्बिर सामाजिक सञ्जालमा प्रशस्तमात्रामा देखिन थालेका छन् । परदेशी मन घर फर्किएसँगै वृद्ध बाबुआमा, दाजुभाइ, दिदीबहिनी तथा नातागोता सबैबीच पुनःभेटको भावनात्मक क्षणहरू साटासाट भइरहेका छन् । दसैँको रमाइलो केबल टीका र मीठा परिकारमा सीमित छैन, यो एकपटक फेरि परिवारसँग बिताउने, पुराना सम्झनालाई जीवन्त बनाउने र समाजमा मेलमिलाप र एकता बढाउने पर्व पनि भएकाले प्रायः गरी परदेशीएकाहरू गाउँघर फर्किने गर्दछन् ।









