जमराः धार्मिक दृष्टिकोणले जति महत्व छ, स्वास्थ्यका हिसावले त्यतिनै फायदा जनक छः डा. प्रकाश ज्ञवाली

काठमाडौँ, आर्युवेदीक चिकित्सक डा. प्रकाश ज्ञवालीले दसैँमा प्रयोग हुने जमरा धार्मिक रुपमा जति महत्व छ स्वास्थ्यका हिसाबले पनि उत्तिकै फाइदाजनक हुने बताउनु भएको छ । शुद्ध माटोमा धान, गहँु, मकै, जौबाट उमारीएको जमरा पोषणले भरीपूर्ण भएको र यसको जुस बनाएर खाँदा वा पिउदा कलेजोमा भएको विषाक्त हटी कलेजो स्वस्थ्य रहने लगायत अन्य धेरै फायदा हुने उहाँको भनाई छ । त्यसैले पछिल्लो सयम ‘सुपर फुड’का रुपमा जमराको जुस बनाएर पिउने प्रचलन बढ्दो छ।
उहाँका अनुसार हरियो जमरामा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीरका कोशिकाको क्षति हुनबाट पनि बचाउने तत्व हुने गर्छ । जमराको जुसले कलेजोमा भएको विषाक्त हटाउनुका साथै ठूलो आन्द्रा सफा गर्ने डा.ज्ञवाली बताउनुहुन्छ । ः
डा.ज्ञवालीका अनुसार नियमितरुपमा जमराको सेवन गर्नाले शरीरमा आवश्यक पर्ने भिटामिन ए’, बी’, सी’, ई’ थाइमिन, फलाम, पोलिफिनोल, क्यालोरोफिल तथा अन्य खनिज प्रशस्त मात्रामा पाइने गर्छन् ।जमराले पाचनशक्ति मजबुत बनाउन, रगत सफा राख्न मद्दत गर्ने डा।ज्ञवालीको भनाइ छ ।

रोग प्रतिरोध क्षमता वृद्धि गर्न, शरीरमा रगतको मात्रा बढाउन,रगत शुद्ध राख्न मद्दत गर्छ । कपाल स्वस्थ राख्न, मानसिक समस्या कम गर्न, युरिक एसिड र उच्च रक्तचाप कम गर्न जमराको जुस लाभदायी मानिन्छ । जमराको जुस सेवनले शरीरमा रगतको मात्रा बढाउनुका साथै रगत शुद्ध गर्न उपयोगी हुन्छ ।
जमराको जुस सेवनले शरीरमा रगतको मात्रा बढाउनुका साथै रगत शुद्ध गर्न उपयोगी हुन्छ ।उहाँका अनुसार युरिक एसिड र उच्च रक्तचाप कम गर्न, आँखाको ज्योति बढाउन जमराको जुस उपयोगी हुन्छ । त्यस्तै अनुहारको कालो पोतो, दाग हटाउन पनि जमराले मद्दत गर्छ । डा। ज्ञवालीका अनुसार जमरामा सूर्यको प्रकाश नपर्ने हुँदा पहेँलो जमरामा क्लोरोफिल तत्व हुँदैन । तर हरियो जमरामा पाइने क्लोरोफिल मुटुको धमनीका लागि लाभदायी हुने उहाँले बताउनुभयो । नियमित २० देखि ३० एमएल जमराको जुस पिउनु उपयुक्त हुने डा.ज्ञवालीको सुझाव छ ।

 

LEAVE A REPLY