रामेछाप । लगातारको वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बिपी राजमार्गबगाए पछि बिपी राजमार्ग ठप्प भएको छ । राजमार्ग बन्न कम्तीमा एक हप्ता लाग्ने सडक विभागका महाँनिर्देशक विजय जैसीले बताउनु भयो । जैसीका अनुसार खोलाले अघिल्लो वर्ष जस्तै सडक कटान गरेको छ ।
गत वर्ष पनि रोशी खोला र सुनकोशी नदीमा बाढी आउँदा बिपी राजमार्गमा ठुलो क्षति भएको थियो ।
अघिल्लो वर्षको असोज१२ गते आएको बाढीले रोशी खोलामा बगाएको बाटो अस्थायी रूपमा सञ्चालन गरिएको थियो । अहिले सोही सडक बगाएको छ । सडक बगाएपछि पूर्वबाट काठमाडौं छिर्ने यातायात साधन अब दोलखाको चरिकोट घुमेर काठमाडौं आउजाउ गर्नुपर्ने भएको छ ।

 

 

LEAVE A REPLY