काठमाडौँ । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज दिउसो १ बजे बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने आजको बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने जनाइएको छ । असोज ९ र १० माओवादीले केन्द्रीय समिति विघटन गरेर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । ।








