कांग्रेस सस्थापन पक्ष इतर समूह विशेष महाधिवेशन बोलाउन सक्रिय

सुदामा संवाद दाता

काठमाडौं । यतिबेला मुलुकमा प्रमुख दलहरुमा राजनीतिक हलचल पैदा भएको छ । त्यसमाथि देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा युवा पुस्ताले सभापति शेरबहादुर देउवामाथि पद छाड्न चर्को दबाब दिइरहेका छन् । गत भाद्र २३ र २४ गते भएको जेनजी विद्रोहले नेपाली कांग्रेसमा हलचल ल्याएको छ ।
प्रदर्शनका क्रममा घरमा तोडफोड, लुटपाटसहित आगजनी हुँदा आफुसमेत आक्रमणमा पर्नुभएका पार्टी सभापति देउवा उपचाररत छन् । सभापति देउवालाई पुरा रुपमा सन्चो नहुँदै कांग्रेसमा भने विशेष महाधिवेशनको बहस तीव्र भएको छ । विशेष महाधिवेशनको माग गर्दै कांग्रेसमा इतर समूहका नेताहरुले हस्ताक्षर अभियान सुरु गरेका छन् । दशै अघिसम्म १०९ जना महाधिवशन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका हुन् । पदाधिकारी र केन्द्रीय सदस्यहरुले भने हस्ताक्षर गरिसकेका छैनन् । विस्तारै हस्ताक्षर अभियानले गति लिने उनीहरुको भनाई छ ।
विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा पुर्याउने पक्षमा नेता डा।शेखर कोइराला र महामन्त्री गगन थापा समूह छ । स्मरण रहोस्, २०७८ सालमा भएको १४औं महाधिवेशनमा सभापति देउवाले ६०, कोइरालाले ४० र महामन्त्री थापाले ६४ प्रतिशत मत ल्याएका थिए । यस अनुसार संस्थापन इतर पक्षले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गरी विशेष महाधिवेशन बोलाउन माग गर्ने रणनीति लिएको छ ।
हालै बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्रद्वय थापा र विश्व प्रकाश शर्माले नियमित वा विशेष महाधिवेशन प्रस्ताव राख्दा सभापति देउवा पक्षका अधिकांश नेताहरुले विरोध गरेका थिए ।
कांग्रेसमा केन्द्रीय सदस्य मध्ये ४० प्रतिशत र महाधिवेशन प्रतिनिधि मध्ये ४० प्रतिशतले हस्ताक्षर गरी माग गरेमा सभापतिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । तर, केन्द्रीय समितिमा सभापति देउवा पक्षका ८० प्रतिशत भन्दा बढी सदस्य छन् । सभापति देउवा अहिले नै पदबाट राजिनामा दिने पक्षमा देखिएका छैनन् । सभापति देउवानिकट केही पदाधिकारीहरुले विशेष महाधिवेशन मागेका महामन्त्री थापा र शर्मालाई लक्ष्य गर्दै अभिव्यक्ति दिन थालेका छन् । देउवा निकट पूर्व पदाधिकारीहरु त इतर पक्षको रणनीतिलाई काउन्टर दिन आन्तरिक बैठक गर्न थालेका छन् ।
संस्थापन पक्षको मनसाय बुझोर केन्द्रीय समितिबाट विशेष महाधिवेशन निर्णे हुने सम्भावना क्षीण बनेपछि इतर समूहका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग्न हस्ताक्षर अभियान थालेका हुन् । गुरुराज घिमिरे, देवराज चालिसेसहित १०८ जना महाधिवेशन मागेर विज्ञप्ती जारी गरेका छन् । विशेष महाधिवेशनगरेर नीतिसँगै नेतृत्वमा नयाँ अनुहार ल्याउने दाबी गर्दै हस्ताक्षर अभियानको नेतृत्व गरेका नेता गुरुराज घिमिरे भन्छन्– ‘अहिलेको आवश्यकता पार्टीले विशेष महाधिवेशन बालउनु पर्छ, केन्द्रीय समितिले आफै बोलाउन सक्छ, उले बोलाए भयो, केन्द्रीय समितिमा भएका नेताहरु संवेदनशील देखिनुभएर, किनकी एकैचोटी छठपछि बैठक गरेर छलफल गर्न सक्नुहुन्छ ।’

LEAVE A REPLY