सुदामा संवाददाता,काठमाडौं । हाम्रो देशका युवाहरु नेतृत्वको लागि जागरुक छन् । तर नेतृत्वमा भने पुग्न सकेका छैनन् । नेपालको जनसंख्याको साढे ४ प्रतिशत युवा छन् । तर संसद, सरकार र राजनीतिक दलमा युवामा प्रतिनिधित्व भने न्यून छ । बरु यस्ता क्षेत्रको नेतृत्वमा जेष्ठ नागरिकहरु नै बारम्बार दोहोरिरहेका छन् । जसले गर्दा आम नागरिकमा बढिरहेको असन्तुष्टी गत भाद्र २३ मा भएको जेनजी आन्दोलनमा विस्फोट भयो । यस आन्दोलनले तत्कालीन सत्ता मात्र ढलेन, राजनीतिक दल, संसद, सरकारलगायत हरेक क्षेत्रमा युवा पुस्ताको नेतृत्व चाहिन्छ भन्ने बलियो सन्देशसमेत प्रवाह भएको छ । सरसर्ती हेर्दा यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवा ८० वर्ष, एमाले अध्यक्ष केपी ओली ७३ वर्ष, माओवादी केन्द्रका अध्यक्ष ७१ वर्ष, राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणा ८६ वर्षका भए ।
यसैगरी तमलोपा अध्यक्ष महन्थ ठाकुर ८३, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८३, कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसी ७८ वर्ष, राप्रपाका वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधान ७६ वर्ष, कांग्रेस नेता शेखर कोइराला ७५ वर्ष, तमलोपाका सहअध्यष सर्वेन्द्रनाथ शुक्ला ७५ वर्ष, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ७२ वर्ष, कांग्रेस नेता नारायण खड्का ७६ वर्षका भए ।
यसरी हेर्दा हरेक पार्टीका नेतृत्वमा बुढ्यौली लागि सकेको छ । र नेतृत्व परिवर्तनको लागि भइरहेको युवाहरुको आन्दोलन र आवाजलाई स्वभाविक मानिएको छ ।








